BIZMANDU
www.bizmandu.com

बारामा मिटरब्याज सम्बन्धी ९८१ उजुरी मिलापत्रमा टुंगियो, १९ करोड रुपैयाँ सहमतिमा फिर्ता

२०८१ बैशाख ५

बारामा मिटरब्याज सम्बन्धी ९८१ उजुरी मिलापत्रमा टुंगियो, १९ करोड रुपैयाँ सहमतिमा फिर्ता
बारामा मिटरब्याज सम्बन्धी ९८१ उजुरी मिलापत्रमा टुंगियो, १९ करोड रुपैयाँ सहमतिमा फिर्ता

काठमाडौं। करिब एक वर्षको अवधिमा बारामा मिटरब्याज सम्बन्धी उजुरीहरूमध्ये ९ सय ८१ वटाको विवाद सहमतिमा समाधान भएको छ।

Tata
GBIME
Nepal Life

जिल्ला प्रशासन कार्यालय बारा र प्रहरीको समन्वयमा मिटरब्याज लिने र दिने दुवै पक्षलाई सहमति गराएर उक्त संख्याका उजुरीको विवाद निरुपण गरिएको हो।

प्रहरीका अनुसार २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालय बारा र प्रहरीमा ३ हजार ३ सय २२ वटा उजुरी परेका थिए। उजुरीका आधारमा ३२ करोड ३ लाख ६२ हजार ८ सय ७ रुपैयाँ माग गरिएको थियो। जसमा सहमतिको आधारमा १९ करोड ३३ लाख १९ हजार ४७९ रुपैयाँ लेनदेनको सहमतिमा झगडा टुंग्याइएको प्रहरीले जनाएको हो।

त्यस्तै, प्रशासनले सहमतिको आधारमा ८९ वटा जग्गा फिर्ता गरेको छ। जसमा २५ बिघा १३ कट्ठा ७ धुर जग्गा छ।

मिटरब्याज तथा अनुचित लेनदेनका पीडितहरूले पटक-पटक राजधानीमा आएर प्रदर्शन गरेपछि सरकारले मिटरब्याज सम्बन्धी समस्या जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। उक्त समितिले जाँचबुझ प्रतिवेदन गत मंसिरमै सरकारलाई बुझाइसकेको छ।