BIZMANDU
www.bizmandu.com

९ महिनामा ५ करोड स्रोत नखुलेको रकम प्रहरीले गर्‍यो बरामद, ४३ जनामाथि अनुसन्धान हुँदै

२०८१ बैशाख ५

९ महिनामा ५ करोड स्रोत नखुलेको रकम प्रहरीले गर्‍यो बरामद, ४३ जनामाथि अनुसन्धान हुँदै
९ महिनामा ५ करोड स्रोत नखुलेको रकम प्रहरीले गर्‍यो बरामद, ४३ जनामाथि अनुसन्धान हुँदै

काठमाडौं। चालु आर्थिक वर्षको ९ महिनामा नेपाल प्रहरीले करिब ५ करोड रुपैयाँ बरामद गरेको छ। देशका विभिन्‍न जिल्लाबाट प्रहरीले सूचनाको आधारमा गरेका अपरेसनमा ४ करोड ९३ लाख ५९ हजार ७९ रुपैयाँ बरामद गरेको हो।

Tata
GBIME
Nepal Life

पछिल्लो समय तराईका जिल्लाहरूमा स्रोत नखुलेका रकम बरामद गर्ने क्रम ह्वातै बढेको छ। १ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म यसरी रकम भेटिएको छ। स्रोत खुलाउन नसक्दा प्रहरीले ४३ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको नेपाल प्रहरीका प्रवक्ता डीआइजी भीमप्रसाद ढकालले जानकारी दिए।

यसरी बरामद भएका अधिकांश रकमहरू हुण्डीमा प्रयोग हुने गरेको देखिएको छ। आर्थिक स्रोत नखुलेको रकमको प्रारम्भिक अनुसन्धान प्रहरीले गर्छ। तर यसको मुद्दा भने राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागमा पठाइने गर्छ।