BIZMANDU
www.bizmandu.com

समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल पुगिसकेको नेपालले आज साउदीसँग प्रतिस्पर्धा गर्दै

२०८१ बैशाख ५

समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल पुगिसकेको नेपालले आज साउदीसँग प्रतिस्पर्धा गर्दै
Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं। एसियाली क्रिकेट परिषद् (एसीसी) प्रिमियर कपमा आज नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’मा अपराजित रहेको नेपालले तीन खेलबाट ६ अंक जोड्दै समूह विजेता बन्‍ने पक्का गरिसकेको छ। समूह चरणका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

Tata
GBIME
Nepal Life

आजको खेलमा ओमनस्थित अल अमेरत स्टेडियममा मध्यान्ह पौने १२ बजे सुरु हुनेछ। टी-२० अन्तर्राष्ट्रियमा नेपाल र साउदी अरब पहिलो पटक आमनेसामने हुन लागेका हुन्।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो।

त्यस्तै, मलेसियासँग १२ रनको हार व्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको साउदीले दोस्रो खेलमा हङकङलाई ५५ रनले हराएको थियो। तेस्रो खेलमा भने कतारसँग १५ रनको हार ब्यहोर्दा साउदीले २ अंक जोडेको छ।

नेपालका लागि आजको खेल प्रतिस्ठाका लागि मात्र हुनेछ भने साउदीले नेपाललाई हराउन सके समूह उपविजेता बन्दै सेमिफाइनल पुग्ने सम्भावना रहन्छ। टी-२० वरीयतामा नेपाल १७ औँ स्थानको टोली हो भने साउदी ३१ औँ स्थानको टोली हो।

समूह ‘ए’मा नेपाल, कतार, हङकङ, साउदी अरब र मलेसिया छन्।