BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री पुन र विश्‍व बैंकका उपाध्यक्षबीच भेटवार्ता, जलविद्युतमा आर्थिक सहयोगबारे छलफल

२०८१ बैशाख ५

अर्थमन्त्री पुन र विश्‍व बैंकका उपाध्यक्षबीच भेटवार्ता, जलविद्युतमा आर्थिक सहयोगबारे छलफल
अर्थमन्त्री पुन र विश्‍व बैंकका उपाध्यक्षबीच भेटवार्ता, जलविद्युतमा आर्थिक सहयोगबारे छलफल

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले विश्‍व बैंकका उपाध्यक्ष अकिहिको निसियो र गुआङ्जे चेनसँग विश्‍व बैंकको मुख्यालयमा भेटवार्ता गरेका छन्। सो क्रममा नेपालले यही जुन महिनामा आयोजना गर्न लागेको आइडीए बैठक र नेपालको ग्रिड विकास दृष्टिकोणलगायतका विषयमा छलफल भएको थियो।

Tata
GBIME

उपाध्यक्ष चेनसँगको छुट्टै भेटमा अर्थमन्त्री पुनले माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि बैंकको आर्थिक सहयोगबारे छलफल गरेका थिए।

मन्त्री पुनले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेट गरेका छन्। सो क्रममा आगामी लगानी चक्रमा नेपालमा आईएफसीको लगानी ६५० मिलियन अमेरिकी डलरसम्म पुर्‍याउने विषयमा छलफल भएको थियो।

मन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आयोजना गरेको व्यापार गोलमेज सम्मेलनलाई सम्बोधन गरेका छन्। अमेरिकी चेम्बर अफ कमर्सको वाशिङटनस्थित मुख्यालयमा अमेरिकी व्यवसायी र सरकारी अधिकारीहरूसँगको अन्तरक्रियाका क्रममा उनले अप्रिल २८ देखि २९ सम्म काठमाडौंमा हुने तेस्रो नेपाल लगानी सम्मेलनको बारेमा जानकारी दिएका थिए।

मेटा, मेटलाइफ इन्स्योरेन्स, कोका-कोला, टाटा समूह र डिज्नी लगायत नेपालमा लगानी गरेका ठूला अमेरिकी कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र यूएसएआईडीका उपसहायक प्रशासक अञ्‍जली कौरले पनि सम्बोधन गरेका थिए।