BIZMANDU
www.bizmandu.com

नबिल बैंकमा ३७ वर्ष काम गरेर नायव प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भए विनय रेग्मी

२०८१ बैशाख ४

नबिल बैंकमा ३७ वर्ष काम गरेर नायव प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भए विनय रेग्मी
नबिल बैंकमा ३७ वर्ष काम गरेर नायव प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भए विनय रेग्मी

काठमाडौं। नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतबाट विनयकुमार रेग्मी अवकाश भएका छन्। ३७ वर्ष एउटै संस्थामा अनवरत काम गरेर रेग्मी अवकाश भएका हुन्।

Tata
GBIME
Nepal Life

नबिल बैंक (तत्कालीन नेपाल अरब बैंक) आफैंमा ४० वर्षको भयो, त्यहाँ रेग्मीले ३७ वर्ष बिताए। सहायक तहको कर्मचारीबाट प्रवेश गरेका उनी अवकाश हुँदा नायव प्रमुख कार्यकारी अधिकृत थिए।

रेग्मीले सुरुवातका प्रमुख कार्यकारी अधिकृत जेएस श्रीवास्तवदेखि अहिलेका ज्ञानेन्द्र ढुंगानासमेत गरेर १३ जना प्रमुख कार्यकारी अधिकृतहरुसँग काम गरिसकेका छन्।

उनी ३७ वर्षअघि बैंकमा नियुक्त हुँदा नबिलमा १९६ जना कर्मचारी थिए। बैंकको निक्षेप ४३ करोड ४८ लाख रु ऋण लगानी १९ करोड ६ लाख रुपैयाँ थियो। त्यो वर्ष नबिलले एक करोड २ लाख रुपैयाँ नाफा गरेको थियो।

पहिलो विदेशी संयुक्त लगानीको बैंक स्थापनादेखि अहिलेसम्म ‘प्रोफिटाबिलिटी’ मा नम्बर एक छ। रेग्मीको ३७ वर्षे करियरमा नबिलले अप्ठेरो समय पनि भोग्यो। सन् १९९१ तिर कोरियाली हनिल बैंकको काउन्टर ग्यारेन्टीमा नबिलले धोका खाएको थियो। त्यो बेला खराब कर्जा १६ प्रतिशतसम्म पुग्यो।

त्यसपछि नबिलले अर्थतन्त्रमा आएको उतारचढावमा पनि राम्रो पर्फर्मेन्स देखाइरहेको छ। ती सबैका साक्षी रेग्मी हुन्। ‘सजिला-अप्ठेरा हरेक क्षणहरु नबिलमा आए’ उनले बिजमाण्डूसँग भने, ‘नबिलको हरेक क्षणको म साक्षी छु।’

नबिलमा अब ३७ वर्ष लामो करियर बोकेर बसेको कुनै पनि कर्मचारी बाँकी छैनन्। यसअघि केहीले यति लामो अवधि काम गरेका थिए। रेग्मी अन्तिम हुन्।

‘आजको दिनसम्म पनि म अफिसमै बसिरहेको थिएँ। भोलि अफिस आउनु पर्दैन भन्ने फिलिङ यतिबेलासम्म आएको छैन,’ उनले भने, ‘मलाई इन्ड अफ द करियर भन्दा पनि इन्ड अफ द डेजस्तो मात्र लागिरहेको छ।’