BIZMANDU
www.bizmandu.com

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

२०८१ बैशाख ४

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता
जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले २०५८ यता सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरी भ्रष्टाचारमा संलग्न हुनेलाई कारबाहीको मागसहित संसद्‍मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकामा प्रधानमन्त्रीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गर्ने बताएका हुन्।

‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कानुनी कारबाही अगाडि बढाउन सरकार प्रतिवद्ध छ,’ रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था(आईएसएसआर)ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले भने।

उनले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति र स्रोत साधन सम्पन्न बनाइ सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गर्ने बताए।

उनले विकास आयोजनालाई तिब्रता दिन राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने प्रक्रिया अगाडि बढाएको बताए। ‘विकास आयोजनामा हाम्रा उपलब्धि के–कस्ता रहे, समस्या र चुनौती कहाँ–के रहे, त्यसको समाधानका निम्ति नीतिगत, कानुन, संस्थागत, संरचनागत र कार्यशैलीगत क्षेत्रमा के–कस्तो सुधार आवश्यक छ भन्नेबारे गम्भीर छलफल भइरहेको छ,’ उनले भने।