BIZMANDU
www.bizmandu.com

सन् २०२४ मा चीनको अर्थतन्त्रले पायो ‘गुड स्टार्ट’, पहिलो त्रैमासमा ५.३ प्रतिशत वृद्धि

२०८१ बैशाख ४

सन् २०२४ मा चीनको अर्थतन्त्रले पायो ‘गुड स्टार्ट’, पहिलो त्रैमासमा ५.३ प्रतिशत वृद्धि
सन् २०२४ मा चीनको अर्थतन्त्रले पायो ‘गुड स्टार्ट’, पहिलो त्रैमासमा ५.३ प्रतिशत वृद्धि

चीनको अर्थतन्त्रमा अपेक्षा गरेको भन्दा राम्रो सुधार भएको छ। सन् २०२४ को पहिलो त्रैमासमा चीनको अर्थतन्त्रमा ५.३ प्रतिशतले वृद्धि देखिएको हो।

Tata
GBIME
Nepal Life

कोरोना भाइरस महामारीका क्रममा लागू गरिएका नीतिका कारण सुस्त भएको चीनको अर्थतन्त्रले पछिल्लो समय पुरानै लय समाउन थालेको हो।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा सन् २०२४ को पहिलो त्रैमासमा ४.८ प्रतिशत मात्रै वृद्धि हुने अपेक्षा गरिएको थियो।

कोभिड-१९ महामारीका कारण चीनको रियल इस्टेट क्षेत्रमा ठूलो संकट देखिएको थियो। मन्दीको असरले निर्यात घट्दा अर्थतन्त्रमा गम्भीर असर देखिन थाले पछि सरकारले खुकुलो नीतिहरु अबलम्बन गरेको थियो।

चीनमा एक महिना लामो बिदाका कारण स्थानीय अर्थतन्त्र बलियो बनेको र उत्पादन क्षेत्रमा पनि राम्रो प्रगति देखिएको विश्लेषण गरिएको छ। पछिल्लो ३ महिनमा औद्योगिक उत्पादन ६.१ प्रतिशतले वृद्धि भएको छ। प्रविधिको व्यापक प्रयोगसँगै ‘हाइ-टेक म्यानुफ्याक्चरिङ’मा गएपछि उत्पादन शक्ति पनि बढेको हो।

हाललाई चीनको अर्थतन्त्रले गति लिन थाले पनि अर्थतन्त्र थप स्थिर र बलियो हुन अझै केही समय लाग्ने अर्थविदहरुले बताएका छन्।