BIZMANDU
www.bizmandu.com

खराब फर्मका बीच आईपीएलबाट ‘ब्रेक’ लिने निर्णय गरे म्याक्सवेलले

२०८१ बैशाख ४

खराब फर्मका बीच आईपीएलबाट ‘ब्रेक’ लिने निर्णय गरे म्याक्सवेलले
खराब फर्मका बीच आईपीएलबाट ‘ब्रेक’ लिने निर्णय गरे म्याक्सवेलले

खराब फर्मबाट गुज्रिरहेका अस्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले ईण्डियन प्रिमियर लिग (आईपीएल)बाट ‘ब्रेक’ लिने निर्णय गरेका छन्। उनको टोली रोयल च्यालेन्जर्स बेङ्ग्लोरले पनि पछिल्ला पाँच खेलमा ‘ब्याक टू ब्याक’ हार ब्यहोरिरहँदा उनको यो भनाइ आएको हो।

Tata
GBIME

म्याक्सवेलले यो संस्करणमा ६ खेल खेल्दा मात्र ३२ रन जोड्न सकेका छन्। सोमबार बेङ्ग्लोरको हैदराबादविरुद्धको खेलमा पनि उनी प्लेइङ ११ मा थिएनन्। उनले आफू ‘शारिरीक र मानसिक’ रुपमा संघर्ष गरिरहेको बताउँदै ‘ब्रेक’ लिएर रिफ्रेस लिनु ठीक हुने बताएका छन्।

अस्ट्रेलियालाई विश्वकप च्याम्पियन बनाउन अहम भूमिका खेलेका उनले पछिल्लो समय आईपीएलमा लय मिलाउन सकेका छैनन्। आईपीएलको सन् २०२० को संस्करणमा पनि उनको यस्तै खराब लय थियो। त्यसबेला ११ इनिङ्समा १०८ रन बनाएका उनले एउटा पनि छक्का प्रहार गर्न सकेका थिएनन्।

उनले भने, ‘मलाई लाग्छ अब मैले फिजिकल र मेन्टल ब्रेक लिनु सही हुनेछ।’

बेङ्ग्लोरले लगातार खेल हारिरहँदा समर्थकहरुले आलोचना गरिरहेका छन्। ७ खेल खेल्दा ६ हार ब्यहोरेको बेङ्ग्लोरले जारी संस्करणमा पञ्जावलाई मात्र हराएको छ।

बेङ्ग्लोरले अर्को खेल आइतबार कोलकाता नाइटराइडर्ससँग खेल्नेछ।