BIZMANDU
www.bizmandu.com

चीजभित्र कोकिन लुकाउनेलाई २७ वर्ष जेल सजाय, दुई अर्बको लागूऔषध बरामद

२०८१ बैशाख ४

चीजभित्र कोकिन लुकाउनेलाई २७ वर्ष जेल सजाय, दुई अर्बको लागूऔषध बरामद
चीजभित्र कोकिन लुकाउनेलाई २७ वर्ष जेल सजाय, दुई अर्बको लागूऔषध बरामद

बेलायतमा कोकिन तस्करी गर्ने दुई जनालाई अदालतले जेल सजाय सुनाएको छ। अर्बौं रुपैयाँको कोकिन राखेको अभियोगमा प्रहरीले गत वर्ष सलिम चौधरी र रिडुल मोहबथलाई पक्राउ गरेको थियो।

Tata
GBIME
Nepal Life

बीबीसीका अनुसार अदालतले सलिमलाई २७ वर्ष र रिडुललाई १६ वर्षको जेल सजाय सुनाएको छ। प्रिस्टन क्राउन अदालतमा भएको सुनुवाइमा दुवै जनाले कोकिन बिक्री गर्ने गरेको स्वीकार गरेका थिए।

चौधरीको साथबाट १७ मिलियन पाउण्ड ( करिब दुई अर्ब ८३ करोड रुपैयाँ)को कोकिन फेला परेको थियो। उनले कोकिन बेल्जियमबाट आयात गरिएको चीजभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।

केही कोकिन भने कालो झोलामा डेलिभर गर्न तयार गरिएको अवस्थामा फेला परेको थियो। चौधरीको घरबाट करिब १६ लाख रुपैयाँ समेत फेला परेको थियो।