BIZMANDU
www.bizmandu.com

नागढुंगा-नौबिसे सुरुङमार्ग छिचोलिएपछि प्रचण्ड : अब नेपाली इन्जिनियरले नै खन्न सक्छन्

२०८१ बैशाख ३

नागढुंगा-नौबिसे सुरुङमार्ग छिचोलिएपछि प्रचण्ड : अब नेपाली इन्जिनियरले नै खन्न सक्छन्
नागढुंगा-नौबिसे सुरुङमार्ग छिचोलिएपछि प्रचण्ड : अब नेपाली इन्जिनियरले नै खन्न सक्छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नेपाली इन्जिनियरहरुले ने सुरुङ खन्न सक्ने विश्वास व्यक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

आज नागढुंगा-नौबिसे सुरुङमार्गको ब्रेकथ्रु पछि उनले हाल जापानको सहयोगमा सुरुङमार्ग बने पनि अब नेपाली इन्जिनियरहरुले नै यसमा दक्षता हासिल गरेको बताएका हुन्।

‘नेपाली इन्जिनियरले नै सुरङ खन्न सक्ने विश्वास छ। अब सडक निर्माण गर्दा सुरुङमार्ग, अन्डरपास र फ्लाईओभर बनाउने नीति लिइनेछ,’ उनले भने।

प्रचण्डले नयाँ वर्षको सुरूवातसँगै नेपालको पहिलो ‘हाइवे टेनल’ ब्रेकथ्रु भएको बताउँदै यसले पृथ्वी राजमार्गमा ट्राफिक व्यवस्थापन हुने रसडक सुरक्षामा बल पुग्नेसमेत बताए।

उनले आजको ब्रेकथ्रुबाट विश्वभर सकारात्मक सन्देश जाने भन्दै वैशाख १६- १७ गते हुने तय भएको लगानी सम्मेलनमा लगानीको वातावरण बन्न अब थप सहज हुने विश्वास रहेको बताए।

सो अवसरमा भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले अन्य सुरुङमार्गहरुको निर्माण हुने बताए। साथै, नागढुंगा सुरुङमार्ग निर्माणमा स्थानीयले उठाएका सवालहरुको सम्बोधन हुने बताए।

‘स्थानीयका समस्या समाधान गर्न सरकार तयार रहेको छ,’ उनले भने।