BIZMANDU
www.bizmandu.com

१६.८२ अंकले घट्यो सेयर बजार परिसूचक, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

२०८१ बैशाख ३

१६.८२ अंकले घट्यो सेयर बजार परिसूचक, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
१६.८२ अंकले घट्यो सेयर बजार परिसूचक, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं। नयाँ वर्ष सुरु भएको दोस्रो कारोबार दिनमा पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्य घट्दा बजार दोहोरो अंकले ओरालो लागेको हो। फाइनान्स उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै १.६४ प्रतिशतले गुमाएका छन्।

३१४ कम्पनीमध्ये १८४ को सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको सेयर मूल्य बढेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

दुईवटै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो। माछापुच्छ्रे डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ७.०९ प्रतिशतले बढेको छ।

२ अर्ब ७९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै ङादी ग्रुप पावरको १७ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।