BIZMANDU
www.bizmandu.com

हङकङ ११४ रनमा अलआउट, नेपालको कसिलो बलिङ सामु चलेनन् ब्याट्सम्यान

२०८१ बैशाख ३

हङकङ ११४ रनमा अलआउट, नेपालको कसिलो बलिङ सामु चलेनन् ब्याट्सम्यान
Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत जारी समूह ‘ए’ को खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ। ओमनमा भइरहेको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित १७.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो।

Tata
GBIME

नेपालविरुद्ध हङकङका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकको रन जोड्न सके। अन्शु रथले सर्वाधिक ३४ रन बनाउँदा जेसन अलीले १४ तथा कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए।

बलिङतर्फ नेपालका लागि अभिनास बोहराले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। करण केसीले १ विकेट लिए।

आजको खेल पौने १२ बजेबाट सुरु हुने तय भए पनि वर्षा भएपछि खेल केही पछि सरेको थियो।

समूह ‘ए’मा डिफेन्डिङ च्याम्पियन नेपाल अपराजित एकमात्र टोली हो। नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा कतारलाई हराएको थियो।

अर्कोतर्फ प्रतियोगिताको प्रमुख दाबेदारमध्येमै हेरिएको हङकङले पहिलो खेलमा कतारलाई हराए पनि दोस्रो खेलमा साउदी अरबसँग निराश भएको थियो।

१० टोली सहभागी यो प्रतियोगिताको विजयी टोलीले एसिया कप खेल्ने अवसर पाउने छ। त्यसअघि दुई वटा समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। त्यहाँबाट फाइनल खेल्ने दुई टोलीको टुंगो लाग्नेछ।