BIZMANDU
www.bizmandu.com

विश्व बैंकबाट ६१ करोड ३५ लाख रुपैयाँ अनुदान लिइने, वाणिज्य सचिवको नेतृत्वमा वार्ता टोली

२०८१ बैशाख २

विश्व बैंकबाट ६१ करोड ३५ लाख रुपैयाँ अनुदान लिइने, वाणिज्य सचिवको नेतृत्वमा वार्ता टोली
मन्त्रिपरिषद्को बैठक काठमाडौँ, ३० चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिरः प्रदीपराज÷वन्त

काठमाडौं। सरकारले विश्व बैंकबाट ६१ करोड ३५ लाख रुपैयाँ बराबरको अनुदान सहायता लिने भएको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट ४.६ मिलियन डलर अनुदान सहायता स्वीकार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्‍को निर्णय अनुसार यो अनुदान सहायता लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनामार्फत खर्च हुने छ।

मन्त्रिपरिषद्ले बंगलादेशसँग वाणिज्य सचिवस्तरीय सातौं बैठकका लागि वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।