BIZMANDU
www.bizmandu.com

२०८१ को पहिलो कारोबार दिन नेप्से २.३५ अंकले घट्यो, ३ अर्ब ६ करोडको कारोबार

२०८१ बैशाख २

२०८१ को पहिलो कारोबार दिन नेप्से २.३५ अंकले घट्यो, ३ अर्ब ६ करोडको कारोबार
२०८१ को पहिलो कारोबार दिन नेप्से २.३५ अंकले घट्यो, ३ अर्ब ६ करोडको कारोबार

काठमाडौं। २०८१ सालको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। आइतबार सेयर बजार सूचक २.३५ अंकले घटेको छ। नेप्से परिसूचक २०२३.३५ को विन्दुमा झरेको हो।

Tata
GBIME
Nepal Life

फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। निर्जीवन बीमा उपसमूहका लगानीकर्ताले सर्वाधिक १.०३ प्रतिशतले गुमाएका छन्।

कारोबारमा आएका ३२० कम्पनी मध्ये १०८ कम्पनीको सेयर मूल्य घटेको छ। गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

१२७ कम्पनीको सेयर मूल्य भने बढेको छ। सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बजारमा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँको सेयर किनबेच भएको छ। सानिमा माई हाइड्रोपावरको सर्वाधिक २१ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।