BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटबाट पैसा पठाउँदा क्यासब्याक

२०८१ बैशाख २

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटबाट पैसा पठाउँदा क्यासब्याक
ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना, ग्लोबल रेमिटबाट पैसा पठाउँदा क्यासब्याक

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म ‘क्यासब्याक’ पाइने नयाँ योजना सार्वजनिक गरेको छ। बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

‘पैसा आउने, थपेर पाउने’ नारा सहित सार्वजनिक गरिएको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको ‘क्यासब्याक’ पाइनेछ।

बैंकका अनुसार यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५० हजार १ देखि १ लाख रुपैयाँसम्म पैसा पठाउँदा २५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

यो योजना जुन १०, २०२४ सम्म लागू रहनेछ। ग्लोबल आइएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५०० रुपैयाँसम्म थप गरिदिनेछ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।