BIZMANDU
www.bizmandu.com

ऐरीले अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दा कतारलाई विशाल लक्ष्य

२०८१ बैशाख १

ऐरीले अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दा कतारलाई विशाल लक्ष्य
Dipendra Singh Airee of Nepal plays a shot during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Qatar held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 13, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं। नेपाली क्रिकेट टोलीले कतारसामू २११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्रसिंह ऐरीको बिस्फोटक ब्याटिङको सहायतामा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनायो।

Tata
GBIME
Nepal Life

नेपालको स्कोर उकास्ने क्रममा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय इन्निङस खेले। उनले अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गर्दै नेपाललाई विशाल योगफलतर्फ डोहोर्‍याउन महत्वपूर्ण भूमिका खेले।

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर आशिफ शेखले ५२ रन बनाउँदै नेपालको स्कोर उकासे।

२.५ ओभरम पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको नेपाललाई कप्तान रोहित पौडेलले १८ रनको योगदान दिए।

तेस्रो विकेटका लागि कुशल मल्ल र आशिफ शेखबीच ३६ बलमा ५३ रनको साझेदारी बन्यो। मल्ल १३.५ ओभरमा १८ बलमा ३५ रन बनाउँदै मुसावार साहको बलमा क्याचआउट हुन पुगे। लगत्तै १४.२ ओभरमा आशिफ शेखलाई हिमांशु राथोडले आउट गराउँदा स्कोर बोर्डमा नेपाल १२७-४ को अवस्थामा थियो।

सन्दीप जोराले ७ तथा गुल्सन झा र विवेक यादवले समान ५ रनमात्र बनाउँदा अर्को एण्डबाट दीपेन्द्रसिंह ऐरीले जिम्मेवार ब्याटिङ गरे।

उनले २१ बलमा ३ चौका र ७ छक्काको सहायतामा ६४ रन बनाएर अविजित रहे।

बलिङतर्फ कतारका मुसावर साह र हिमांशु राथोडले समान ३ विकेट लिँदा अमिर फारुकले १ विकेट लिए। कतार जवाफी ब्याटिङमा उत्रिएको छ।