BIZMANDU
www.bizmandu.com

युरोपमा नेपाली हस्तकलाका सामग्रीको निर्यात घट्यो, पोहोर भन्दा २० प्रतिशतले कम

२०८० चैत्र ३०

युरोपमा नेपाली हस्तकलाका सामग्रीको निर्यात घट्यो, पोहोर भन्दा २० प्रतिशतले कम
युरोपमा नेपाली हस्तकलाका सामग्रीको निर्यात घट्यो, पोहोर भन्दा २० प्रतिशतले कम

काठमाडौं । नेपालबाट युरोपमा निर्यात हुने हस्तकला सामाग्रीको निर्यात घटेको छ। रसिया-युक्रेन युद्धसँगै आर्थिक मन्दीको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको हो।

Tata
GBIME

हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए। उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन्।

‘युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ,’ उनले भने, ‘यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ।’

गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो। ययो वर्ष गत वर्षको तुलनामा २० प्रतिशतले निर्यात घटेको शाक्यले बताए।

हस्तकला महासंघको तथ्यांक अनुसार प्रत्येक वर्ष १२ अर्बको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ। मंसिरदेखि पुसमा मात्रै आठ अर्बको निर्यात भएको छ।