BIZMANDU
www.bizmandu.com

चार वर्षदेखि बन्द भएको आठमौजा छोटी भन्सार वैशाख महिना भित्र संचालनमा ल्याउने तयारी

२०८० चैत्र ३०

चार वर्षदेखि बन्द भएको आठमौजा छोटी भन्सार वैशाख महिना भित्र संचालनमा ल्याउने तयारी
चार वर्षदेखि बन्द भएको आठमौजा छोटी भन्सार वैशाख महिना भित्र संचालनमा ल्याउने तयारी

काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः संचालनमा आउने भएको छ। मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले हिजो छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिएका हुन्।

Tata
GBIME
Nepal Life

छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरि संचालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताए। आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय संचालनमा आाउने उनको भनाइ छ। कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ।

सरकारले आठमौजा छोटी भन्सार कार्यालयलाई नाकाको रुपमा विस्तार गर्ने निर्णय लिए पनि पछिल्लो करिब चार वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो। छोटी भन्सार बन्द भएपछि सिमाबाट अवैध आयातनिर्यात हुने क्रम बढ्दै गएको छ।

उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतोले छोटी भन्सार कार्यालय संचालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किदै गएको बताए। भन्सार नहुँदा नाकाबाट अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ।

लामो समयदेखि भन्सार कार्यालय नहुँदा स्थानीयले सास्ती भोगिरहेका थिए। गौरीगञ्जदेखि पाँच किलोमिटर दक्षिण भारतीय बजार फत्तेपुरको मुख्य ग्राहक नेपाली नै मानिन्छन्।

सीमाका भारतीय बजारबाट लत्ताकपडा, तेल, लसुन, चिनीलगायत खाद्यवस्तु ठूलो परिमाणमा आयात हुँदै आएको छ।