BIZMANDU
www.bizmandu.com

हावाहुरीले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित, कयौं विमान भए डाइभर्ट

२०८० चैत्र २९

हावाहुरीले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित, कयौं विमान भए डाइभर्ट
हावाहुरीले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित, कयौं विमान भए डाइभर्ट

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडानहरु प्रभावित भएका छन्। अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रि उडानहरु प्रभावित भएका हुन्।

Tata
GBIME
Nepal Life

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन्।

नेपालगंजबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौं आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ।

काठमाडौंबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ।