BIZMANDU
www.bizmandu.com

उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा : सतर्क रहन आग्रह, प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने

२०८० चैत्र २९

उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा : सतर्क रहन आग्रह, प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने
उपत्यकामा हावाहुरी र चट्याङसहित वर्षा : सतर्क रहन आग्रह, प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ। हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन्।

Tata
GBIME
Nepal Life

विपत व्यवस्थापनविद् डा धर्मराज उप्रतीले भने ‘यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ।’

आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने पनि उनले बताए।

‘देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो। वर्षाका कारण वायु प्रदूषण न्यूनीकरण हुनेछ।’

मंगलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौं विश्वको नै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको थियो। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) २६५ पुगेको थियो। सोमबार दिउँसो १६५ एक्यूआई रहेको प्रदूषण, मंगलबार २०० पुगेको थियो । आज भने प्रदूषण घटेर ११७७ एक्यूआईमा सीमित भएको छ।