BIZMANDU
www.bizmandu.com

विद्युतीय गाडी दुर्घटनापछि व्यवस्थापनबारे सिप्रदी ट्रेडिङले ट्राफिक प्रहरीलाई दियो तालिम

२०८० चैत्र २९

विद्युतीय गाडी दुर्घटनापछि व्यवस्थापनबारे सिप्रदी ट्रेडिङले ट्राफिक प्रहरीलाई दियो तालिम
विद्युतीय गाडी दुर्घटनापछि व्यवस्थापनबारे सिप्रदी ट्रेडिङले ट्राफिक प्रहरीलाई दियो तालिम

काठमाडौं। सिप्रदी ट्रेडिङले ट्राफिक प्रहरीलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन सम्बन्धमा तालिम दिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम तालिम दिएको हो। तीन चरणमा दिइएको तालिममा कार्यालयका ६० जना ट्राफिक प्रहरी सहभागी भएको कम्पनीले जनाएको छ।

कम्पनीले तालिमका क्रममा विद्युतीय गाडी सम्बन्धी जानकारीका साथै सुरक्षाका उपाय र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानी र व्यवस्थापनबारेमा विस्तृत रुपमा अवगत गराएको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरे।