BIZMANDU
www.bizmandu.com

इभी गाडीको ब्याट्री बाटोमै सकियो ? नेपालमा संचालनमा आयो मोबाइल चार्जिङ स्टेसन

२०८० चैत्र २७

इभी गाडीको ब्याट्री बाटोमै सकियो ? नेपालमा संचालनमा आयो मोबाइल चार्जिङ स्टेसन
इभी गाडीको ब्याट्री बाटोमै सकियो ? नेपालमा संचालनमा आयो मोबाइल चार्जिङ स्टेसन

काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय गाडीहरुका लागि मोबाइल इभी चार्जिङ स्टेसन संचालनमा ल्याइएको छ। अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था (युएसएड) ऊर्जा नेपाल परियोजनाको सहयोगमा यात्री इनर्जीले निर्माण गरेको मोबाइल चार्जिङ स्टेसनको मंगलबारदेखि संचालनमा आएको हो।

Tata
GBIME

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडका कार्यवहाक मिसन डाइरेक्टर करेन्ट वेल्चले संयुक्त रुपमा आज चार्जिङ स्टेशन संचालनको सुरुवात गरेका हुन्।

त्यस्तै, ऊर्जा नेपाल र यात्री इनर्जीले निर्माण गरेका १७ वटा र ई-स्टोपले निर्माण गरेका ६ वटा चार्जिङ स्टेशनसहित बागमती प्रदेशभित्रका २३ वटा चार्जिङ स्टेशन समेत सुरु भएको छ।  

३० किलोवाट क्षमताको उक्त चार्जिङ स्टेसनलाई आवश्यकता अनुसार विभिन्न स्थान वा सडकमा नै लगेर इभी चार्ज गर्न सकिनेछ।

उर्जा नेपालमा अनुसार ब्याट्री सकिएर बाटोमा अलपत्र परेका गाडीलाई उद्दार गर्न पनि यसले सहयोग पुग्नेछ।