BIZMANDU
www.bizmandu.com

यज्डी स्क्र्याम्ब्लर मोटरसाइकलले नयाँ वर्षमा ल्यायो ‘अविश्वसनीय क्यासब्याक’ अफर

२०८० चैत्र २५

यज्डी स्क्र्याम्ब्लर मोटरसाइकलले नयाँ वर्षमा ल्यायो ‘अविश्वसनीय क्यासब्याक’ अफर
यज्डी स्क्र्याम्ब्लर मोटरसाइकलले नयाँ वर्षमा ल्यायो ‘अविश्वसनीय क्यासब्याक’ अफर


काठमाडौं। यज्डी मोटरसाइकलहरूको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटो इंकले नयाँ वर्ष २०८१ को अवसरमा विशेष अफर ल्याएको छ। यज्डी स्क्र्याम्ब्लरको खरिदमा हरेक राइडरले अविश्वसनीय क्यासब्याक र अधिकतम छुट पाउने कम्पनीले जनाएको छ।

Tata
GBIME
NLIC

‘हाम्रो शोरुममा आउने सबैले यज्डी स्क्र्याम्ब्लरलाई एकदम मन पराउनु भएको छ। उहाँहरूको यही उत्सुकतालाई साथ दिन हामीले नयाँ वर्षको अवसरमा यज्डी स्क्र्याम्ब्लरमा अविश्वसनीय क्यासब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएका हौँ,’ अग्नि मोटोइंकका उपमहाप्रबन्धक प्रत्युश श्रेष्ठले भने।

अन-रोड र अफ-रोड सबै तिर चलाउन सकिने यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेहरूलाई लक्षित गरी ल्याइएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार यस मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको छ।

ग्राहकहरूले काठमाडौंको उत्तरढोका तथा नेपालगञ्जमा रहेका शोरुमहरूबाट मोटरसाइकल खरिद गर्दा यो अफर पाउन सक्नेछन्।

यज्डी स्क्र्याम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्रि गर्दै आएको छ। यज्डी सन् १९६१ देखि राइडरहरूको मन जित्नै आएको मोटरसाइकल हो।