BIZMANDU
www.bizmandu.com

कोशीका उद्योगी सिकाइ र अनुभव आदानप्रदान गर्दै, चार प्रदेशको उद्योग वाणिज्य संघमा भ्रमण

२०८० चैत्र २३

कोशीका उद्योगी सिकाइ र अनुभव आदानप्रदान गर्दै, चार प्रदेशको उद्योग वाणिज्य संघमा भ्रमण
कोशीका उद्योगी सिकाइ र अनुभव आदानप्रदान गर्दै, चार प्रदेशको उद्योग वाणिज्य संघमा भ्रमण

विराटनगर ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालयका प्रमुखलाई अन्य प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा भ्रमण गराएको छ।

Tata
GBIME

महासंघको कोशी प्रदेशले जिल्ला र नगरका गरि ३० वटा संघका सचिवालयका प्रमुखलाई मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघको भ्रमण गराएको हो।

प्रदेश महासंघका कार्यकारी निर्देशक राधारमण (साम) भण्डारीका अनुसार अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सिकाइ तथा अनुभव आदानप्रदानका लागि भ्रमण कार्यक्रम राखिएको हो।

भ्रमणमा उद्योग वाणिज्य संघको सचिवालय व्यवस्थापन, नियमित र विकासमूलक कार्यक्रमको कार्यान्वयन, संस्थागत सुशासन, स्रोत व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको थियो।

द एसिया फाउन्डेशनको सहयोग तथा कम्युनिटी इन्गेजमेन्टस् एन्ड आउटरिच प्रा.लि.सँगको सहकार्यमा सम्पन्न भएको ५ दिने भ्रमणले उद्योग वाणिज्य संघको संस्थागत विकास र क्षमता अभिवृद्धिमा प्रोत्साहन भएको र असल अभ्यास सिक्ने अवसर प्राप्त भएको प्रदेश महासंघको दाबी छ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य वीरेन्द्रकुमार साह र प्रदेश महासंघका कार्यकारी निर्देशक भण्डारीका नेतृत्वमा उक्त भ्रमण कार्यक्रम भएको थियो।