BIZMANDU
www.bizmandu.com

बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीमा दोस्रो संशोधन, के थपियो?

२०८० चैत्र २१

बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीमा दोस्रो संशोधन, के थपियो?
बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीमा दोस्रो संशोधन, के थपियो?

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीको दोस्रो संशोधन गरेको छ। केन्द्रीय बैंकले वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणकोे व्यवस्था समावेश गर्दै विनियमावली संशोधन गरेको हो।

Tata
GBIME

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै संशोधित विनियमावली कार्यान्वयनमा आएको बताएको छ।

अब वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्ने छन्। ‘वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्य विवरण र कार्यविधिको अधिनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्नेछ,’ सर्कुलरमा उल्लेख छ।

यो कार्यका लागि महाशाखाले छुट्टै कार्यविधि बनाई लागू गर्न सक्ने भनिएको छ। महाशाखाले प्रुडेन्सियल सुपरभिजनसँग जोडिएका विषयमा सुपरिवेक्षण विभागसँग समन्वय गर्ने राष्ट्र बैंकले जनाएको छ।

विनियमावली अनुसार सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले तयार पार्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको विशेष निरीक्षण प्रतिवेदन गभर्नरले स्वीकृत गर्नेछन्।