BIZMANDU
www.bizmandu.com

अर्बपतिको सूचीमा २०० जना भारतीय, अम्बानी पहिलो हुँदा अडानीले एक वर्षमै थपे ३६.८ अर्ब

२०८० चैत्र २१

अर्बपतिको सूचीमा २०० जना भारतीय, अम्बानी पहिलो हुँदा अडानीले एक वर्षमै थपे ३६.८ अर्ब
अर्बपतिको सूचीमा २०० जना भारतीय, अम्बानी पहिलो हुँदा अडानीले एक वर्षमै थपे ३६.८ अर्ब


भारतमा सन् २०२४ मा ३१ जना अर्बपतिको सूचीको थपिएका छन्। फोर्ब्सले जारी गरेको सूचीमा भारतबाट मात्रै २०० जना अर्बपतिको सूचीमा छन्।

Tata
GBIME
NLIC

सन् २०२३ मा भारतबाट १६९ जना अर्बपतिको सूचीमा थिए। २०० जना सबैको कूल सम्पत्ति त्रिलियन डलर उन्मुख रहेको फोर्ब्सले उल्लेख गरेको छ। सन् २०२२ मा अर्बपतिहरुको कूल सम्पत्ति ७५० अर्ब डलर रहँदा सन् २०२३ मा ६७५ अर्ब डलर थियो। सन् २०२४ मा २०० जनाको कूल सम्पत्ति ४१ प्रतिशतले बढेर ९५४ अर्ब डलर पुगेको छ।

मुकेश अम्बानी भारतको सबैभन्दा धनीको सूचीमा यथावत् छन्। उनको कूल नेटवर्थ ११६ अर्ब डलर रहेको छ।

मुकेशलाई टक्कर दिँदैछन् गौतम अडानी। एक वर्षमै ३६.८ अर्ब डलर कमाएर उनी भारतकै दोस्रो धनी व्यक्ति बेका छन्। उनको कूल नेटवर्थ ८४ अर्ब डलर रहेको छ।

३६.९ बिलियन डलर सहित तेस्रोमा शिव नाडर छन् भने चौथोमा ३३.५ बिलियन डलर नेटवर्थसहित सावित्री जिन्डल छिन्।

२६.७ अर्ब डलर नेटवर्थसहित दिलिप सांघवी पाँचौं नम्बरमा रहँदा २१.३ अर्ब डलर सहित साइप्रस पुणेवाला छैटौं नम्बरमा छन्।

फोर्ब्स अर्बपतिको सूची अन्तर्गत भारतको धनाढ्यको सातौं नम्बरमा २०.९ अर्ब डलरसहित कुशल पाल सिंह छन् भने आठौंमा १९.७ अर्ब बिलियन डलर सहित कुमार बिरला छन्। राधाकृष्ण धामिनी १७.६ अर्ब डलर सहित नवौं नम्बरमा रहाँद लक्ष्मी मित्तल १६.४ अर्ब डलरसहित दशौं नम्बरमा छन्।

नरेश तेहरन, रमेश कुनहिकन्नह, रेनुका जगतिएनी, मोटिलाल उसवल लगायत भारतको अर्बपतिको सूचीमा थपिएका छन्।