BIZMANDU
www.bizmandu.com

एनएसी अध्यक्ष अधिकारीले क्यानमा बुझाए स्पष्टीकरण, एकाउन्टेबल म्यानेजर पद के होला?

२०८० चैत्र २०

एनएसी अध्यक्ष अधिकारीले क्यानमा बुझाए स्पष्टीकरण, एकाउन्टेबल म्यानेजर पद के होला?
एनएसी अध्यक्ष अधिकारीले क्यानमा बुझाए स्पष्टीकरण, एकाउन्टेबल म्यानेजर पद के होला?

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई स्पष्टीकरण बुझाएका छन्।

Tata
GBIME

क्यानले एक साताअघि २७ बुँदे स्पष्टीकरण सोधेकामा अधिकारीले मंगलबार त्यसको जवाफ दिएका हुन्। हवाई सुरक्षामा निरन्तर खेलाँची गरेपछि क्यानले अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउने अन्तिम तयारीस्वरुप स्पष्टीकरण सोधेको थियो।

अधिकारीले क्यानले उठाएका प्रश्नमा फाइलको ढड्डा संलग्न गरी जवाफ पठाएका छन्। त्यही कारण क्यानले जवाफ अध्ययन गरिसकेको छैन।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले अधिकारीले पठाएको जवाफ अध्ययनको क्रममा रहेको बताए। ‘हामीले हवाई सुरक्षामा खेलाँची गरेको विषयमा प्रश्न उठाएर स्पष्टीकरण सोधेका थियौं। निगमबाट जवाफ आएको छ। हामी अध्ययनको क्रममा छौं। अध्ययन सकेर ठोस निर्णय लिनेछौं,’ उनले भने।

क्यानका महानिर्देशक प्रदीप अधिकारी एनएसीका अध्यक्ष अधिकारीबाट हवाई सुरक्षामा सुधार नहुने निष्कर्षमा पुगिसकेका छन्। त्यसैले उनी एनएसी अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउने तयारीमा छन्।

पटक पटक सचेत गराउँदा पनि हवाई सुरक्षामा सुधार नगरेको बरु उल्टै खेलाँची गर्दै आएकाले उनलाई पदमा राखिरहँदा नेपाललाई युरोपियन युनियनको सुरक्षा सूचीबाट बाहिर ल्याउन नसकिने निष्कर्षसहित अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउने तयारीमा लागेका हुन्। त्यही तयारीस्वरुप उनले चैत १३ गते २७ बुँदे स्पष्टीकरण सोधेका थिए।