BIZMANDU
www.bizmandu.com

एनएसीको व्यवस्थापन करारबारे सुवालको प्रश्नमा पर्यटनमन्त्री तामाङले दिए यस्तो जवाफ

२०८० चैत्र २०

एनएसीको व्यवस्थापन करारबारे सुवालको प्रश्नमा पर्यटनमन्त्री तामाङले दिए यस्तो जवाफ
एनएसीको व्यवस्थापन करारबारे सुवालको प्रश्नमा पर्यटनमन्त्री तामाङले दिए यस्तो जवाफ

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमभित्रको भ्रष्टाचार अन्त्यका लागि मन्त्रालय दृढ रहेको बताएका छन्।

Tata
GBIME
NLIC

मन्त्री तामाङले मंगलबार प्रतिनिधि सभाको बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालको प्रश्नमा जवाफ दिने क्रममा निगमभित्रको अनियमितता र भ्रष्टाचारमा मन्त्रालय चुप लागेर नबस्ने बताए।

सुवालले मन्त्री तामाङलाई ‘निगमभित्रको भ्रष्टाचार अन्त्य नगरी व्यवस्थापन करारका नाममा बिक्री गर्न खोज्नु सरकारले आफ्नो अक्षमता ढाक्न खोजेको होइन र? भनी सोधेका थिए।

‘निगमको संस्थागत सुधार र व्यावसायिक विकासका लागि मन्त्रालयले पहलकदमी लिएको छ। निगमभित्रको अनियमितता र भ्रष्टाचार अन्त्यका लागि मन्त्रालय दृढ छ,’ मन्त्री तामाङले भने, ‘व्यवस्थापन करार भनेको बिक्री होइन। मन्त्रालय निगमको सारभूत परिवर्तनका लागि नागरिक उड्डयन क्षेत्रको असल अभ्यास प्रयाग गरेर अघि बढ्न चाहेको हो। निर्णय गर्नुअघि यस विषयमा पारदर्शीरुपमा पर्याप्त छलफल हुने नै छ।’

सुवालले जवाफ चित्त नबुझेर ‘व्यवस्थापन करार भनेको अन्तत: बिक्री नै हो। मन्त्रीले काम गर्न नसके सिंहदरबारलाई नै व्यवस्थापन करारमा दिने नीति आउँदैछ कि?’ भनी सोधेकामा मन्त्रीले प्रष्ट जवाफ दिएनन्।