BIZMANDU
www.bizmandu.com

आर्थिक वृद्धिमा सेवा क्षेत्रले अगुवाइ गर्ने, निजी लगानी आकर्षित गर्न विश्व बैंकको सुझाव

२०८० चैत्र २०

आर्थिक वृद्धिमा सेवा क्षेत्रले अगुवाइ गर्ने, निजी लगानी आकर्षित गर्न विश्व बैंकको सुझाव
आर्थिक वृद्धिमा सेवा क्षेत्रले अगुवाइ गर्ने, निजी लगानी आकर्षित गर्न विश्व बैंकको सुझाव

काठमाडौं। विश्व बैंकले सन् २०२४ मा नेपालमा ३.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। पर्यटकको आगमन बढेकाले २०२४ मा नेपालमा ३.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो।

Tata
GBIME

यो प्रक्षेपण तीन महिनाअघिको भन्दा भने कम हो। बैंकले गत पुस तेस्रो साता ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। २०२३ मा नेपालको आर्थिक वृद्धि १.९ प्रतिशतमा सीमित थियो।

निजी क्षेत्रको लगानी न्यून भए पनि पर्यटन क्षेत्रको पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले नेपालको वृद्धिलाई मद्दत पुग्ने विश्व बैंकले जनाएको छ। सेवा क्षेत्रले आर्थिक वृद्धिमा अगुवाइ गर्ने बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

बैंकले ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ मा ४.६ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण अनुसार वृद्धिदर हासिल गर्न नेपालले धेरै खालका चुनौती सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

विषेशगरी भारत, खाडी मुलुक र मलेसिया जस्ता मुलुकमा सुस्त आर्थिक वृद्धिका कारण रेमिटेन्स र पर्यटन आयमा गिरावट आउन सक्ने जोखिम ‍औंल्याइएको छ। व्यावसायिक वातावरणमा सुधार गरी निजी लगानी आकर्षित गर्नुपर्नेमा प्रतिवेदनमा जोड दिइएको छ।

८ वर्षपछि २०२४ मा सरकारको चालु खाता उच्च बचतमा हुने प्रक्षेपण प्रतिवेदनमा गरिएको छ।