BIZMANDU
www.bizmandu.com

लेलेको टूङ्गल खोलामा पुल निर्माण अलपत्र छाड्ने कम्पनीसँग ठेक्का तोडिँदै

२०८० चैत्र २०

लेलेको टूङ्गल खोलामा पुल निर्माण अलपत्र छाड्ने कम्पनीसँग ठेक्का तोडिँदै
लेलेको टूङ्गल खोलामा पुल निर्माण अलपत्र छाड्ने कम्पनीसँग ठेक्का तोडिँदै


काठमाडौं । पूर्वाधार विकास कार्यलय ललितपुरले आत्रेय निर्माण सेवाले पुल निर्माण अलपत्र पारेपछि ठेक्का तोड्न लागेको छ। कार्यालयले एक सूचना जारी गर्दै उक्त निर्माण कम्पनीसँग ठेक्का तोड्न लागेको जनाएको हो। 

Tata
GBIME

कार्यालयका अनुसार उक्त निर्माण कम्पनीले लेले चन्दनपुर सडकमा पर्ने टूङ्गल खोला पुल निर्माण अलपत्र बनाएको हो। कम्पनीले २०७७ भदौमा ठेक्का सम्झौता गरि २०७९ असोजमा निर्माण सक्नुपर्ने थियो।

तर, अहिलेसम्म पनि उक्त पुल निर्माणले तिब्रता पाउन सकेको छैन। पटकपटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा पनि निर्माण कम्पनीले पुल निर्माणमा कुनै चासो नदेखाएको कार्यलयले जनाएको छ। 

कार्यलयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउँदै ठेक्का सम्झौता तोडेर कार्य सम्पादन जमानत बापतको रकम जफत तथा अन्य बाँकी काम गर्न लाग्ने लागत समेत असुलउपर गर्ने तयारी गरिरहेको जनाएको छ।