BIZMANDU
www.bizmandu.com

प्रहरी र मन्त्रालयको भवन निर्माण गरिरहेका दुई कम्पनी कालोसूचीमा, तीन वर्ष ठेक्का लिन नपाउने

२०८० चैत्र २०

प्रहरी र मन्त्रालयको भवन निर्माण गरिरहेका दुई कम्पनी कालोसूचीमा, तीन वर्ष ठेक्का लिन नपाउने
प्रहरी र मन्त्रालयको भवन निर्माण गरिरहेका दुई कम्पनी कालोसूचीमा, तीन वर्ष ठेक्का लिन नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यलयले दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै जुगल विल्डर्स कम्पनी र जे एस बिडी इन्टरनेशनललाई कालोसूचीमा राखेको जनाएको हो।  

Tata
GBIME
NLIC

कार्यलयको २०८० चैत १९ गतेको निर्णय अनुसार दुई कम्पनीहरुलाई कालोसूचीमा राखेको हो। ती कम्पनीहरुले अबको ३ वर्षसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने कार्यालयले जनाएको छ। 

कालोसूचीमा राखिएका कम्पनीहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढी र नेपाल प्रहरी प्रधान कार्यलय नक्सालको भवन निर्माणको काम गर्दै आइरहेका थिए।