BIZMANDU
www.bizmandu.com

जहाज मर्मतमा खेलाँची गरेकामा एनएसी अध्यक्षप्रति संसदीय समिति रुष्ट, कारबाही गर्न निर्देशन दिने

२०८० चैत्र १९

जहाज मर्मतमा खेलाँची गरेकामा एनएसी अध्यक्षप्रति संसदीय समिति रुष्ट, कारबाही गर्न निर्देशन दिने
जहाज मर्मतमा खेलाँची गरेकामा एनएसी अध्यक्षप्रति संसदीय समिति रुष्ट, कारबाही गर्न निर्देशन दिने

काठमाडौं। संसदीय समितिले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिने तयारी गरेको छ।

Tata
GBIME
NLIC

न्यारोबडी जहाज मर्मतमा चरम ढिलासुस्ती गरेकोदेखि कमिसनका लागि वेट लिजमा जहाज ल्याउन टेण्डर गरेको लगायत कारण औंल्याउँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अधिकारीलाई कारबाही गर्न निर्देशन दिने तयारी गरेको हो।

समितिले सोमबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, निगमका कार्यकारी अध्यक्ष अधिकारी लगायतलाई बोलाएर छलफल गरी कारबाहीका लागि निर्देशन दिने तयारीबारे जानकारी गराएको छ।

वेट लिजमा न्यारोबडी जहाज ल्याउन तीन कम्पनीसँग छलफल गरेको भनेर ढाँटेपछि समिति निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग थप चिढिन पुगेको छ। समितिका सभापति राजकिशोर यादवले ‘तपाईंलाई कारबाहीका लागि किन निर्देशन नगर्ने?’ भनी प्रश्न गरे।

‘कि त समस्या क्लियर भन्नुपर्‍यो। अब कुराले च्युरा भिज्दैन। न्यारोबडी जहाज मर्मतमा ढिलासुस्ती र वेट लिजमा ल्याउन भ्रष्टाचार भएजस्तो लाग्छ। यसमा जवाफ चाहियो,’ उनले भने। तर सभापति यादवको प्रश्‍नमा अधिकारीले कुनै जवाफ दिन सकेनन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक

त्यसपछि समितिले मर्मतमा ढिलासुस्ती र वेट लिजको टेण्डरबारे छानबिन गरी प्रतिवेदन दिन निगमलाई निर्देशन दिएको छ। यसका लागि निगमलाई १५ दिनको समय दिइएको छ। प्रतिवेदन चित्तबुझ्दो नभए अधिकारीलाई कारबाही गर्न निर्देशन दिने सभापति यादवले बताए।

निगमको एउटा न्यारोबडी जहाज ग्राउण्डेड भएको चार महिना बितिसकेको छ। मंसिर १५ देखि ग्राउण्डेड जहाज मर्मतका लागि पुस २६ गते इजरायल लगिएकामा फर्कने मिति अझै निश्चित भएको छैन। अर्को न्यारोबडी र दुई वाइडबडी जहाज बिग्रिंदा पनि मर्मतमा अधिकारीले यस्तै खेलाँची गर्दै आएकाले निगमले यो आर्थिक वर्ष ७ महिनामै २ अर्ब २० करोड रुपैयाँ आम्दानी गुमाइसकेको छ।

बैठकमा समितिका सदस्यहरुले अधिकारीलाई भएकै जहाजबा६ नाफा कमाउन नसकेको अवस्थामा वेट लिजमा जहाज किन चाहियो? भनी प्रश्न गरे।

‘भएकै प्लेनमा यात्रु चढेका छैनन्। आधा सिट खाली राखेर उडाइराखेका देखिन्छ। नयाँ किन चाहियो?,’ एमाले सांसद देवीप्रकाश भट्टचनले सोधे, ‘एनएसीमा मात्रै किन समस्या धेरै आउँछ? निगमलाई कहिलेसम्म घाटामा चलाउने? कि प्रधानमन्त्रीले  नै घाटामा चलाउनु भन्नुभएको छ?’

निगमले गत आर्थिक वर्ष १० महिनामा सवा दुई अर्ब रुपैयाँ घाटा बेहोरेको थियो। उसले वाइडबडी र ट्वीनअटर जहाजबाट नाफा कमाउन सकेको छैन।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले वाइडबडी जहाजले किन नाफा कमाउन सकेन भनी प्रश्न गरे। कांग्रेस सांसद योगेश गौचनले ४ महिनासम्म जहाज किन मर्मत नगरेको भनी सोधे।

अर्का सांसद दामोदर पौडेल बैरागीले मर्मतमा खेलाँचीका कारण उडान रद्द भएको र निगमको विश्वासनियता दिन प्रतिदिन घट्दै गएकको बताए।