BIZMANDU
www.bizmandu.com

अनलाइन ठगीको आरोपमा तीन चिनियाँ नागरिक भारतीय सीमा नजिकैबाट पक्राउ

२०८० चैत्र १८

अनलाइन ठगीको आरोपमा तीन चिनियाँ नागरिक भारतीय सीमा नजिकैबाट पक्राउ
अनलाइन ठगीको आरोपमा तीन चिनियाँ नागरिक भारतीय सीमा नजिकैबाट पक्राउ

काठमाडौं। अनलाइन ठगीको आरोपमा तीन चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले उनीहरूलाई पर्साबाट पक्राउ गरेको हो।

Tata
GBIME
NLIC

पक्राउ पर्नेहरूमा ३३ वर्षीय लुइ काई, २६ वर्षीय बाङग बोहन र ३६ वर्षीय जियाङ जिङयाओ रहेका छन्। उनीहरूले अनलाइन लट्री र सपिङको नाममा मानिसलाई ठगी गर्दै आएको खुलेको छ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित नन्दु पटेलको घरमा प्रहरी टोलीले खानतलासी गर्दा ठगीमा प्रयोग गरिएका विद्युतीय उपकरणहरू कम्प्युटर डेक्सटप, ल्यापटप, मोबाइल फोनहरू लगायतका सामान बरामद गरेको हो।