BIZMANDU
www.bizmandu.com

निर्माण सम्पन्न नहुँदै गुड्न थाल्यो गाडी, कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द

२०८० चैत्र १८

निर्माण सम्पन्न नहुँदै गुड्न थाल्यो गाडी, कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द
निर्माण सम्पन्न नहुँदै गुड्न थाल्यो गाडी, कुलेखानी-दक्षिणकाली सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । हेटौंडालाई काठमाडौंसँग जोड्ने कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ। सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो।

Tata
GBIME
Nepal Life

हाल उक्त सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका-३ का वडा अध्यक्ष प्रताप भोम्जनले जानकारी दिए। उनले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताए।

यसअघि यही चैतको पहिलो साताबाट कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि सो सडकखण्डमा यातायात सेवा बन्द गरिएको थियो।

निर्माण सम्पन्न नहुँदै हेटौंडा-काठमाडौं आवतजावत गर्ने टाटा सुमोलगायतका साधन आवागमन गर्न थालेपछि तोकिएको समयसिमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध सिर्जना भएकाले सडक कालोपत्र नभएसम्मका यातायात आवागमन बन्द गरिएको वडा कार्यालयले जनाएको छ।