BIZMANDU
www.bizmandu.com

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मंगलबार २ बजे बस्ने

२०८० चैत्र १८

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मंगलबार २ बजे बस्ने
कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मंगलबार २ बजे बस्ने

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। देउवाले मंगलबार अपराह्‍न २ बजे बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक राखेका हुन्।

Tata
GBIME
Nepal Life

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई निर्देशानुसार उपस्थित हुन भनेर जारी गरेको पत्रमा बैठकको एजेण्डा उल्लेख छैन।

देउवा निकट नेताहरुले भने इलाम-२ मा प्रतिनिधि सभा र बझाङ क मा प्रदेश सभा सदस्य चयनका लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छान्न बैठक बोलाइएको बताएका छन्।

कांग्रेसबाट रमेश लिङ्देन, भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नागेन्द्र कुमाल, चन्द्रकला राई तामाङ र चन्द्रमाया लिम्बूको नाम सिफारिस भएको छ।

इलाम-२ मा एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन्। पहिचान पक्षधरले एमालेका पूर्वनेता डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने बताएका छन्।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत २५ भदौमा निधन भएकाले इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन गर्न लागिएको हो। २०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेसका खड्का एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए। उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको तालिका छ।