BIZMANDU
www.bizmandu.com

पहिरोले मनाङ जाने सडक अवरुद्ध, बेँसीसहर-चामे सडक खुलाउने प्रयास जारी

२०८० चैत्र १८

पहिरोले मनाङ जाने सडक अवरुद्ध, बेँसीसहर-चामे सडक खुलाउने प्रयास जारी
पहिरोले मनाङ जाने सडक अवरुद्ध, बेँसीसहर-चामे सडक खुलाउने प्रयास जारी

काठमाडौं । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए।

पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

सडक अवरुद्ध हुँदा मनाङ जाँदै गरेका र फर्किँदै गरेका यात्रु रोकिएका छन्।