BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री पुनले गठन गरे बजेट लेखन समिति, राजस्व व्यवस्थापन महाशाखा प्रमुख शर्मा संयोजक

२०८० चैत्र १६

अर्थमन्त्री पुनले गठन गरे बजेट लेखन समिति, राजस्व व्यवस्थापन महाशाखा प्रमुख शर्मा संयोजक
अर्थमन्त्री पुनले गठन गरे बजेट लेखन समिति, राजस्व व्यवस्थापन महाशाखा प्रमुख शर्मा संयोजक

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्। मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार समिति गठन गरेका हुन्।

Tata
GBIME
Nepal Life

राजस्व व्यवस्थापन महाशाखा प्रमुख धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्। शाक्य बजेट तथा कार्यक्रम महाशाखा, महेश आचार्य आर्थिक नीति विश्लेषण महाशाखा र अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख हुन्।

यो साता मन्त्रालयमा सरुवा भएका रामप्रसाद आचार्यले भने महाशाखाको नेतृत्व पाएका छैनन्। समितिमा रहेकी शर्मा आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक हुन्।

संयोजक शर्माले शनिबार नै बैठक बसेर समितिले काम थाल्ने बताएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। शर्माले विषयगत मन्त्रालयसँग समन्वय गरेर तत्कालै बजेट लेखनको काम सुरु गर्ने बताएका छन्। शर्माले पोहोर पनि बजेट लेखन समितिमा रहेर काम गरेका थिए।

यसअघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको तयारीका लागि एक महिनाअघि राजस्व सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरेका थिए।