BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीलाई मुख्यमन्त्रीहरुले सुनाए प्रदेशका सम्भाव्य आयोजना, लगानी सम्मेलनमा प्रदर्शन गरिने

२०८० चैत्र १६

अर्थमन्त्रीलाई मुख्यमन्त्रीहरुले सुनाए प्रदेशका सम्भाव्य आयोजना, लगानी सम्मेलनमा प्रदर्शन गरिने
अर्थमन्त्रीलाई मुख्यमन्त्रीहरुले सुनाए प्रदेशका सम्भाव्य आयोजना, लगानी सम्मेलनमा प्रदर्शन गरिने

काठमाण्डौं । बैशाखमा हुने तय भएको लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ गरिने भएको छ। अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले सम्मेलनमा प्रदेशका योजना पनि समावेश  गरिने बताएका हुन्।

Tata
GBIME
Nepal Life

निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग अन्तरक्रियाका क्रममा उनले तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरि लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका थिए।

बैठकमा उपस्थित मुख्यमन्त्रीहरुले आ-आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाहरुबारे जानकारी गराएका थिए। जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरुले बताएका थिए।

निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले औंल्याएका विद्यमान केही कानूनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरुको थियो।

कार्यक्रममा अर्थ मन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानूनमा परिमार्जनको प्रक्रिया अघि बढेको जानकारी दिएका थिए। उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए।