BIZMANDU
www.bizmandu.com

सहसचिव हरिप्रसाद लम्साल सचिवमा बढुवा, मन्त्रिपरिषदले अरु के के निर्णय गर्‍यो ?

२०८० चैत्र १५

सहसचिव हरिप्रसाद लम्साल सचिवमा बढुवा, मन्त्रिपरिषदले अरु के के निर्णय गर्‍यो ?
सहसचिव हरिप्रसाद लम्साल सचिवमा बढुवा, मन्त्रिपरिषदले अरु के के निर्णय गर्‍यो ?

काठमाडौं । सरकारले सहसचिव हरिप्रसाद लम्साललाई सचिव पदमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो।

Tata
GBIME
Nepal Life

लम्साल हाल सुदूरपश्चिम सरकारको कायम मुकायम प्रमुख सचिवमा कार्यरत छन्।

यस्तै, नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय पनि सरकारले गरेको छ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व पनि आज स्वीकृत गरिएको छ। सात प्रदेशको लागि ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि ७७ अर्ब ५० करोड र वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि ६० अर्ब र स्थानीय तहहरुको लागि ८८ अर्ब स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

त्यसैगरि, चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल न्यूनतम समर्थन मूल्य २ हजार ७०७.२८ तोक्ने निर्णय पनि भएको छ। १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको हो।

मन्त्रिपरिषदले संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरि राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गर्ने निर्णय पनि भएको छ।