BIZMANDU
www.bizmandu.com

एनआईएमबी डिबेन्चर नेप्सेमा सूचीकृत, वार्षिक १०% ब्याजदर पाइने

२०८० चैत्र १५

एनआईएमबी डिबेन्चर नेप्सेमा सूचीकृत, वार्षिक १०% ब्याजदर पाइने
एनआईएमबी डिबेन्चर नेप्सेमा सूचीकृत, वार्षिक १०% ब्याजदर पाइने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआईएमबी डिबेन्चर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। बैंकको १० प्रतिशत ब्याज दिने डिबेन्चर बिहीबार सूचीकृत भएको हो।

Tata
GBIME

यो डिबेन्चर १० वर्षमा परिपक्व हुनेछ। बैंक र नेप्सेबीच सूचीकरण सम्झौतासँगै अब डिबेन्चर दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

डिबेन्चर/ऋणपत्रको अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको ४० लाख ४० हजार कित्ता ऋणपत्रको सूचीकरण भएको छ।

कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री आह्‍वान गरेको थियो।