BIZMANDU
www.bizmandu.com

सिद्धि हाइड्रो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

२०८० चैत्र १५

सिद्धि हाइड्रो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
सिद्धि हाइड्रो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

उक्त सम्झौतापत्रमा आज सिद्धि हाइड्रो कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ।

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजना ‘सिद्धि खोला जलविद्युत आयोजना’ इलाममा अवस्थित छ। सो आयोजना १० मेगावाट क्षमताको हो।