BIZMANDU
www.bizmandu.com

अस्ट्रेलियामा घट्दै प्रतिस्पर्धा गर्ने चाहना, जसकारण घट्दैछ नागरिकको उत्पादकत्व र जीवनस्तर

२०८० चैत्र १५

अस्ट्रेलियामा घट्दै प्रतिस्पर्धा गर्ने चाहना, जसकारण घट्दैछ नागरिकको उत्पादकत्व र जीवनस्तर
Getty Images

अस्ट्रेलियाका नागरिकको जीवनस्तर र उत्पादकत्व कम हुँदै गएको एक अध्ययनले देखिएको छ। संघीय संसदको एक समितिले गरेको अध्ययनले निजी क्षेत्रमा प्रतिस्पर्धाको अभाव देखिएको र त्यसकारण नागरिकको जीवनशैली नै प्रभावित भएको देखिएको हो।

Tata
GBIME

सो रिपोर्टमा अस्ट्रेलियामा उत्पादकत्वमा मन्दी छाएको र  बजार संकुचन बढेको उल्लेख छ। यस्तै, नयाँ प्रविधिमा लगानी कम भएको र सेवा अर्थतन्त्रतर्फ उन्मूख भएको पनि उल्लेख छ।

सत्तारुढ पार्टीका सांसद डान मुलिनोले अस्ट्रेलियन नागरिकको जीवनस्तरमा सुधार ल्याउन देश नै थप प्रतिस्पर्धी बन्ने बाटो तिर उन्मुख हुनुपर्ने बताएका छन्। उनले आर्थिक गतिशीलतासमेत देशको आवश्यकता भइसकेको बताएका छन्।

‘हामीसँग अर्थतन्त्रलाई सुधार गर्ने अवसर छ। यसले तत्कालका लागि मात्र नभई भविष्यमा समेत नयाँ पुस्ताको जीवनस्तर सुधार ल्याउन महत्पूर्ण भूमिका खेल्छ,’ उनले भने।

एक रिपोर्टका अनुसार अस्ट्रेलियाको औसत उत्पादकत्व वृद्धि सन् २०२० सम्म १.१ प्रतिशतमा झरेको थियो।