BIZMANDU
www.bizmandu.com

एफएमसीजी जायन्ट डाबर नेपालको व्यापार झण्डै ६० करोडले बढेर १३ अर्ब ६१ करोड पुग्यो

२०८० चैत्र १५

एफएमसीजी जायन्ट डाबर नेपालको व्यापार झण्डै ६० करोडले बढेर १३ अर्ब ६१ करोड पुग्यो
एफएमसीजी जायन्ट डाबर नेपालको व्यापार झण्डै ६० करोडले बढेर १३ अर्ब ६१ करोड पुग्यो

काठमाडौं। डाबर नेपालको व्यापार ५९ करोड ७० लाख रुपैयाँले बढेको छ। कम्पनीले सन् २०२२/२३ मा १३ अर्ब ६१ करोड रुपैयाँको व्यापार गरेको छ। जबकि अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीको व्यापार १३ अर्ब रुपैयाँ थियो। यस्तै, २०२०/२१ मा कम्पनीले १० अर्ब ६९ करोड रुपैयाँको कारोबार गरेको थियो।

Tata
GBIME
Nepal Life

कम्पनीले फ्रुट जुस/बेभरेज, च्यवनप्रास, ग्लुकोज, मन्जन, कपालमा लगाउने तेल, हाजमोला, महलगायतका प्रडक्ट उत्पादन तथा निर्यात गर्दै आएको छ।

कम्पनीले ७० प्रतिशत आम्दानी खाद्यान्न सेग्मेन्टबाट गरिरहेको छ। यस्तै, बिक्रीको ६० प्रतिशत आम्दानी कम्पनीले डाबर इन्डिया लिमिटेडलाई सामग्री निर्यात गरेर कमाउने गरेको छ। कम्पनीले गर्ने निर्यात ३ प्रतिशतले बढेर २०२२/२३ मा ८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

कम्पनीसँग देशभर ३०० डिस्ट्रिब्युटर्स र १ लाख रिटेल पोइन्ट छन्। डाबर नेपालमा डाबर इन्डिया लिमिटेडको सब्सिडायरी डाबर इन्टरनेसनल लिमिटेडको ९७.५ प्रतिशत सेयर स्वामित्व छ।

कम्पनीले ६ अर्ब ६० करोड रुपैयाँको अल्पकालीन ऋणका लाग केयर रेटिङ्स नेपालबाट एनपी एवान प्लस रेटिङ पुन: पुष्टि गराएको छ।