BIZMANDU
www.bizmandu.com

‘चुनाव लड्न पैसा छैन’ भन्दै भारतीय वित्त मन्त्री सीतारमणले गरिन् लोकसभा टिकट अस्वीकार

२०८० चैत्र १५

‘चुनाव लड्न पैसा छैन’ भन्दै भारतीय वित्त मन्त्री सीतारमणले गरिन् लोकसभा टिकट अस्वीकार
‘चुनाव लड्न पैसा छैन’ भन्दै भारतीय वित्त मन्त्री सीतारमणले गरिन् लोकसभा टिकट अस्वीकार

भारतकी वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा निर्वाचन नलड्ने घोषणा गरेकी छिन्। हाल राज्यसभा सदस्य रहेकी उनलाई भारतीय जनता पार्टीले आन्ध्र प्रदेश वा तमिलनाडूबाट टिकट दिने तयारी गरिरहेको थियो। तर, उनले टिकट अस्वीकार गरेकी हुन्।

Tata
GBIME
Nepal Life

लोकसभा निर्वाचनका लागि टिकट वितरण भइरहँदा सीतारमणले आफूसँग पर्याप्त पैसा नभएकोले निर्वाचन नलड्ने बताएकी हुन्। यस्तै, उनले आन्ध्र प्रदेश र तमिलनाडूबाट प्रतिष्पर्धाका लागि ‘मानदण्ड’ पूरा गर्न नसक्ने पनि बताएकी छिन्।

पार्टी अध्यक्ष जेपी नड्डाले दुई राज्यमा पायक पर्ने क्षेत्रबाट चुनाव लड्न भनेको तर आफूले चुनाव नलड्नेबारे उनलाई सूचित गराएको पनि उनले बताएकी छिन्।

‘चुनाव लड्ने गरि मसँग पैसा नै छैन। अर्को समस्या भनेको आन्ध्र प्रदेश र तमिलनाडूमा चुनाव जित्नका लागि मानदण्डमा म उत्रन पनि सक्दिन,’ उनले भनिन्।

मोदी सरकारमा सीतरमणले दुई कार्यकाल मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेको छिन्। दुवैपटक उनी राज्यसभाबाट संसद पुगिन्। यो पटक भारतीय जनता पार्टीले राज्यसभामा रहेका सांसदलाई लोकसभा निर्वाचनमा टिकट दिइरहेको छ। राज्यसभामा निर्मला सीतारमणको कार्यकाल सन् २०२८ सम्म छ।

सीतारमण भारतकी पहिलो पूर्णकालीन महिला वित्त मन्त्री हुन्। मोदी क्याबिनेटमा उनीसँग वित्त मन्त्रालयसँगै कर्पोरेट अफेयर्स मन्त्रालयको पनि जिम्मेवारी छ। पहिलो कार्यकालमा उनी रक्षा मन्त्री थिइन्।