BIZMANDU
www.bizmandu.com

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल रद्द

२०८० चैत्र १५

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल रद्द
वर्षाका कारण नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल रद्द

काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्डबीचको खेल रद्द भएको छ। तीन खेलको टी-२० सिरिज अन्तर्गत आज तय गरिएको पहिलो खेल खराब आउटफिल्डका करण रद्द भएको हो।

Tata
GBIME
Nepal Life

आज बिहानैबाट काठमाडौंमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेकाले आज देशैभर आंशिक बदली रहने र कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने पूर्वानुमान गरेको थियो।

वर्षाका कारण खेल हुन सक्ने अवस्था नरहे पछि खेल रोकिएको हो।

आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’सँग तीन टी-२० र तीन ओडी खेल खेल्ने नेपाल क्रिकेट संघको खेल तालिका छ। शुक्रबार सिरिजको अर्को खेल हुँदैछ। यद्यपि, क्यानले खेल ‘रिसेड्युल’ गर्ने तयारी गरिरहेको छ।

नेपाल ‘ए’ अघि वुल्भ्सले नेपाली सिनियर टोलीसँग दुई खेलको टी-२० सिरिज खेलेको थियो। जसमा नेपाली टोलीले क्लिन स्वीप गरेको थियो। नेपाली टोली बरोडा र गुजरातसँग टी-२० सिरिज खेल्न भारत जाँदैछ।