BIZMANDU
www.bizmandu.com

सुनको भाउ लगातार उच्च, तोलाको १ लाख २८ हजार नजिक पुग्यो, चाँदीमा पनि वृद्धि 

२०८० चैत्र १५

सुनको भाउ लगातार उच्च, तोलाको १ लाख २८ हजार नजिक पुग्यो, चाँदीमा पनि वृद्धि 
सुनको भाउ लगातार उच्च, तोलाको १ लाख २८ हजार नजिक पुग्यो, चाँदीमा पनि वृद्धि 

काठमाडौं। लगातार उच्च भएको सुनको मूल्य फेरि बढेर तोलाको १ लाख २८ हजारनजिक पुगेको छ। बिहीबार कारोबार मूल्य प्रति तोला १ लाख २७ हजार ९ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

गत मंगलबार सामान्य गिरावट भए पनि बुधबार ४ सय बढ्दा तोलाको १ लाख २६ हजार ८ सय भएको थियो। बिहीबार एकै दिन ११ सय रुपैयाँको बढोत्तरी भएको हो।

गत आइतबारका तुलनामा २ सयको बढोत्तरीसँगै सोमबार तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो। मंगलबार ३ सय रुपैयाँ घटेर कारोबार मूल्य निर्धारण भएको थियो। चालु महिनाको प्रारम्भका तुलनामामा १५ दिनमा सुन तोलामा २ हजार १ सय रुपैयाँ बढिसकेको छ। चैत १ मा तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँ थियो। गत बिहीबार १ लाख २७ हजार ८ सय पुगेको थियो।

चाँदी पनि बढेको छ। बिहीबार चाँदीको कारोबार मूल्य तोलाको १५ सय १० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा १५ रुपैयाँ घट्दा बुधबार तोलाको १४ सय ९० रुपैयाँ थियो।

गत मंगलबार तोलाको १५ सय ५ र सोमबार १५ सय १५ रुपैयाँ थियो। यसअघि गत बिहीबार १५ सय ५५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस २१९५.११ डलरले कारोबार भइरहेको छ। बुधबार २१७६.४९ र मंगलबार २१७२.०८ डलर थियो।

चाँदी प्रति औंस २४.६५ डलर पुगेको छ। बुधबार २४.४३ र मंगलबार २४.६४ डलरले कारोबार भएको थियो।