BIZMANDU
www.bizmandu.com

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

२०८० चैत्र १४

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित
राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

यही चैत ५ गतेदेखि ११ गतेसम्म ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्‍ने मुलनाराका साथ देशव्यापी रुपमा सप्ताहव्यापी कार्यक्रम सञ्‍चालन गरिएको हो। ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो।

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैंकले देशैभरीका शाखा कार्यालयहरूले विद्यार्थी, युवा, प्रहरी, कर्मचारी, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरूलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ बानी सिकाउन उद्देश्यले वित्तीय संचेतना कार्यक्रम सञ्‍चालन गरेको बताएको छ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ र ७१ वटा एक्स्टेन्सन काउण्टर छन्।