BIZMANDU
www.bizmandu.com

ग्लोबल मनी विक : सातै प्रदेशमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

२०८० चैत्र १४

ग्लोबल मनी विक : सातै प्रदेशमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम
ग्लोबल मनी विक : सातै प्रदेशमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकले ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको हो।

Tata
GBIME
Nepal Life

कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरू लगायत वित्तीय साक्षरताका विभिन्‍न पक्षहरूमा शिक्षित गराउने उद्देश्यले सातै प्रदेशमा उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ।

न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगंज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्‍न शाखामा सञ्‍चालित कार्यक्रममा करिब ८ सय जनाको सहभागिता रहेको थियो।