BIZMANDU
www.bizmandu.com

इलाम-२ मा एमालेले माओवादीको साथ नपाउने, आफ्नै उम्मेदवार उठाउने पदाधिकारी बैठकको निर्णय

२०८० चैत्र १४

इलाम-२ मा एमालेले माओवादीको साथ नपाउने, आफ्नै उम्मेदवार उठाउने पदाधिकारी बैठकको निर्णय
इलाम-२ मा एमालेले माओवादीको साथ नपाउने, आफ्नै उम्मेदवार उठाउने पदाधिकारी बैठकको निर्णय

काठमाडौं। माओवादी केन्द्रले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। इलाम-२ र बझाङ कमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

इलाम-२ एमालेले आफ्ना पार्टीले उठाउने उम्मेवदार सुहाङ नेम्वाङको पक्षमा सहमति जुटाउन सत्ता गठबन्धनभित्र छलफल चलाइरहेका बेला माओवादी केन्द्रले पनि उम्मेदवारी दिने निर्णय गरेको हो। माओवादीले उम्मेदवार भने छानिसकेको छैन।

चैत २४ गते उम्मेदवारी दर्ताको तालिका छ। अर्को बैठकले उम्मेदवार छान्ने सापकोटाले बताए।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारको नेतृत्व भागबण्डाका बारेमा गठबन्धनमा भइरहेको छलफलबारे जानकारी गराएका थिए। उनले बिहिबारसम्म भागबण्डा टुंगो लाग्ने जानकारी गराएको नेताहरुले बताएका छन्।