BIZMANDU
www.bizmandu.com

आईपीएलमा चेन्नइको लगातार दोस्रो जित, बुधबार हैदराबाद र मुम्बई भिड्दै

२०८० चैत्र १४

आईपीएलमा चेन्नइको लगातार दोस्रो जित, बुधबार हैदराबाद र मुम्बई भिड्दै
आईपीएलमा चेन्नइको लगातार दोस्रो जित, बुधबार हैदराबाद र मुम्बई भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नइ सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा चेन्नइले गुजरात टाइटन्समाथि ६३ रनको प्रभावशाली जित निकालेको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रनको विशाल स्कोर बनाएको थियो। चेन्नइका लागि शिवम दुबेले आक्रमक ब्याटिङ गर्दै २१ बलमा ५१ रन बनाउँदा कप्तान रुतुराज गाइक्वड र रचिन रवीन्द्रले समान ४६ रन बनाए। त्यस्तै ड्रायल मिचेल २४ रनमा अविजित रहँदा समीर रिज्वीले १४ रन जोडे।

बलिङतर्फ टाइटन्सका राशिद खानले २ विकेट लिँदा साइ किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको उत्रिएको गुजरात निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमा समेटियो। गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ३७ रन बनाउँदा ऋद्धिमान साह र डेभिड मिलरले २१ तथा विजय शंकरले १२ रन बनाए।

गुजरातलाई लक्ष्यसम्म पुग्न रोक्ने क्रममा दीपक चहर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डेले समान २ विकेट लिए। त्यस्तै ड्रायल मिचेल र मथिसा पथिरानाले समान १ विकेट लिए।

उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको चेन्नइको यो लगातार दोस्रो जित हो भने पहिलो खेलमा मुम्बई इण्डियन्सलाई हराएको टाइटन्सको यो पहिलो हार हो।

आईपीएलमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स हैदराबादस्थित राजीव गान्धी स्टेडियममा भिड्दैछन्।